क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

26
Share
Featured

काठमाडौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ ।

पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो ।

पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको जनाए ।

‘२०१५ सारलदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखिर उहि विदेशी कठपुतलित निर्वाचित भए, के अब यस किसिमको संसदीय चुनवाको औचित्य समाप्त भएन र भन्या ?’ शर्माले भने ।

पुराना राजनीतिक पार्टीसँग जनताले आशा नै मारिसकेको बताउँदै शर्माले भने, ‘नयाँको पनि गति र मति देख्दा पुरानभन्दा झन् खतरनाख ‘जेलेन्स्की’ तयार हुँदैछन्, यस्तो किसिमका विदेशी कठपुतली बनाउने चुनाब वहिस्कार नगरि के गर्ने’ शर्माले थपे ।

पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले यही व्यवस्थामा हुने निर्वाचनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न नसक्ने भएकाले बहिस्कारको विकल्प नरहेको बताए ।

आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकट तर्फ धकेल्ने निश्चित भएको जनाउँदै खतिवडाले भने, ‘सुशीला कार्कीले नेतृत्व गरेको कठपुतली सरकारले निर्वाचनमार्फत पुराना र नयाँ दलालहरुलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र भएकोले यो निर्वाचनलाई हाम्रो पार्टी सशक्त बहिस्कार गर्दछ ।’

पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्ता जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यबस्था भएको आरोप लगाए । ‘यो जनविरोधी व्यवस्था नफालीकन न त राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्छौं, न त भ्रष्टाचारको पुर्ण उन्मुलन सम्भव छ न त सुसाशनको सम्भावना’ दाहालले भने ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...