राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको छ : योगेश भट्टराई

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

17
Share
Featured
  • नेकपा एमाले उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको भन्दै यसबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताएका छन्।
  • यही पृष्ठभूमिमा एमालेको ११औँ महाधिवेशनमा बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा अघि सारिएको र यसले राजनीतिक तथा बौद्धिक क्षेत्रमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ।
  • उनले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गर्दै उठाइएका मुद्दा आन्तरिक शक्ति सन्तुलनका लागि मात्र नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नेपाल राष्ट्रलाई कठिन मोडबाट बाहिर निस्कन गम्भीर समीक्षा र धैर्यपूर्ण राजनीतिक निकास आवश्यक रहेको बताए ।

भट्टराईले अहिलेको सङ्कटलाई सामान्य राजनीतिक उतार–चढावका रूपमा मात्र हेर्न नहुने उल्लेख गरे ।

‘यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छौँ, यस अवस्थालाई सही दिशामा लैजान गम्भीर समीक्षा र धैर्य अनिवार्य छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले यही पृष्ठभूमिमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेण्डा आफूहरुले अघि सारेको बताए ।

उक्त प्रस्तावले राजनीतिक वृत्त, सञ्चारजगत, बौद्धिक समुदाय र आम जनसमुदायमा व्यापक बहस सिर्जना गरेको उनको भनाइ छ ।

‘हामीले अघि सारेको प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चारजगत, बुद्धिजीवी तथा आम जनसमुदायको पर्याप्त ध्यानाकर्षण गरेको छ, आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ,’ उनले भने ।

उनले पार्टी पंक्तिलाई विचलित नहुन आग्रह गर्दै एमालेको एकता जोगाउने दिशामा आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका खेल्न आग्रह गरे ।

‘म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्नो तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु,’ भट्टराईको अनुरोध छ ।

उपमहासचिव भट्टराईले आफूहरूले उठाएका मुद्दा केवल आन्तरिक शक्ति सन्तुलनका लागि नभई जनभावनासँग प्रत्यक्ष जोडिएको दाबी गरे ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)फेसबुकयोगेश भट्टराईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...