महाधिवेशनमा उठाएका मुद्दा चाँडै अनुमोदन हुन्छन्- उपमहासचिव भट्टराई

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

14
Share
Featured
  • नेकपा (एमाले) उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा उठाएका मुद्दा निकट भविष्यमै पार्टीबाट अनुमोदन हुने दाबी गरेका छन्।
  • उनले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनले राष्ट्रिय स्तरमै ध्यानाकर्षण गराएको र देश, जनता तथा लोकतन्त्रका चुनौतीलाई मध्यनजर गरी सही निकास दिनुपर्ने औँल्याए।
  • भट्टराईले सबै नेता–कार्यकर्तालाई विचलित नहुन र धैर्यताका साथ पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरू निकट भविष्यमै पार्टी पंक्तिबाट अनुमोदन हुने दाबी गरेका छन् । उनले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषयले राष्ट्रियस्तरमै ध्यानाकर्षण गराएको बताए ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले देश, जनता र लोकतन्त्र कठिन क्षणबाट गुज्रिरहेकाले गम्भीर समीक्षा गरी सही निकास दिनुपर्नेमा जोड दिए । उनले लेखेका छन्, “यही कार्यभार पूरा गर्न हामीले पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका हौँ ।”

उनले आफूहरूले आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएको बताउँदै आगामी दिनमा पनि यो बहस जारी रहने उल्लेख गरे । भट्टराईले सम्पूर्ण नेता-कार्यकर्तालाई विचलित नभई धैर्यताका साथ पार्टी एकताको पक्षमा उभिनसमेत आग्रह गरेका छन् ।

यो समाचारमा

योगेश भट्टराईकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...