विविधतासहितको एकता नै राष्ट्रिय मेरुदण्ड हो-अध्यक्ष दाहाल

Author

सजिलो पत्रिका

२०८२ पुस १५, मङ्गलबार

25
Share
Featured
  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतालाई संविधानले राष्ट्रिय मेरुदण्डका रूपमा आत्मसात् गरेको बताएका छन्।
  • उनले तमु ल्होसारको अवसरमा तमु समुदाय तथा सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे।
  • तमु ल्होसारजस्ता मौलिक पर्वले लोक संस्कृतिको संरक्षण र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता मजबुत बनाउने उनले उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष ले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरुदण्डका रूपमा आत्मसात् गरेको बताएका छन् । तमु (गुरुङ) समुदायको पर्व 'तमु ल्होसार' को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले देश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदाय र नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । "हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट पहिचान स्थापित भएको छ," शुभकामना सन्देशमा भनिएको छ ।

उनले तमु ल्होसार जस्ता मौलिक चाडपर्वले गुरुङ जातिको लोक संस्कृतिको संरक्षण गर्नुका साथै नेपालीहरूबीच सामाजिक एकता, सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...