रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

20
Share
Featured
  • जिल्ला अस्पताल रामेछापमै हाड–जोर्नी भाँचिएका बिरामीको शल्यक्रिया सेवा सुरु भएपछि अब बिरामीले बाहिर जानु नपर्ने भएको छ।
  • अर्थोपेडिक सर्जन डा. सागर जर्घामगरको नेतृत्वमा पहिलो पटक सफल शल्यक्रिया भई हालसम्म पाँच केस सफलतापूर्वक सम्पन्न भएका छन्।
  • जिल्लामै उपचार उपलब्ध हुँदा बिरामीको खर्च, समय र दुःख घटेको छ र छिमेकी जिल्लाका बिरामीले पनि सेवा पाउने भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रामेछाप जिल्लाका हाड भाँचिएका बिरामीले अब उपचारको लागि जिल्ला बाहिर जानु नपर्ने भएको छ ।

जिल्ला अस्पताल रामेछापमा नै हाड–जोर्नी भाँचिएका बिरामीको शल्यक्रिया हुने भएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा.सागर जर्घामगर मेडिकल सुपरिटेण्डेन्ट भएर आएपछि हाड भाँचिएको शल्यक्रिया सुरु गरिएको हो ।

डा.मगरको नेतृत्वमा, अर्थोपेडिक सर्जन डा.नवीनकुमार यादव एनेस्थेसिया राजेश यादव, स्क्रब नर्स समीक्षा थापालगायतको टोलीले अस्पतालमा पहिलो सफल शल्यक्रिया गरेको हो ।

पहिलो पटक एकै दिन दुईजना बिरामीको सफल शल्यक्रिया भएको मगरले जानकारी दिए । अस्पतालमा सो सेवा सुरु गरेपछि पाँचवटा केसको सफल शल्यक्रिया सम्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ ।

भाँचिएको हड्डीमा स्टिल पाता राखेर नट कस्ने तथा स्टिल पाता राखेका बिरामीको पाता निकाल्ने काम समेत अब रामेछाप अस्पतालमा हुने भएको छ । हाड भाँचिएका बिरामीको सबै उपचार अब रामेछाप अस्पतालमा नै हुने डा.जर्घा मगरले जानकारी दिए ।

यसअघि रामेछापका हाड भाँचिएका बिरामीहरूले उपचारको लागि धुलिखेल वा काठमाडौंका अस्पताल जानुपर्ने बाध्यता थियो । जिल्लामा नै उपचार हुने भएपछि बिरामीहरूको खर्च, समय र दुःख सबै घटेको छ ।

अस्पतालले जिल्लाका साथै सिन्धुली, ओखलढुङ्गा, दोलखा लगायत रामेछापसँग सिमाना जोडिएका स्थानीय तहका बिरामीलाई सेवा दिन सक्छ । रामेछापमा हाड–जोर्नीको सेवा सञ्चालन भएपछि सो क्षेत्रका स्थानीयलाई स्वास्थ्य उपचारमा सहज भएको छ ।

यो समाचारमा

काठमाडौँरामेछाप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...