'खुकुरीको चोट अचानोलाई थाहा हुन्छ': घर जलेको पीडा सुनाउँदै लेखकले दिए बयान

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

27
Share
Featured
  • पूर्वगृहमन्त्री रमेश लेखकले 'जेनजी' आन्दोलनमा युवाहरूको मृत्यु र घाइते हुने घटनाले आफू विक्षिप्त भएको बताए।
  • उनले नैतिक जिम्मेवारीका आधारमा तत्काल राजीनामा दिएको र पदमा रहिरहन नसकेको बताए।
  • लेखकले लोकतन्त्रको सम्मान गर्दै नागरिकमाथि दमन गर्ने आदेश कहिल्यै नदिएको र दिन नसक्ने पनि स्पष्ट पारे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वगृहमन्त्री रमेश लेखकले 'जेनजी' आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरूको ज्यान गएपछि आफू विक्षिप्त बनेको र सोही पीडाका कारण नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा सोमबार बयान दिँदै उनले यस्तो बताएका हुन् ।

"भदौ २३ को हृदयविदारक घटनामा होनहार युवाहरूको ज्यान गएको र कैयौं घाइते बनेको अवस्थाले मलाई मर्माहत बनायो," लेखकले आयोगलाई बुझाएको लिखित जवाफमा भनेका छन्, "यस्तो अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिँदै मैले तत्काल राजीनामा गर्ने निर्णय लिएँ ।"

उनले पदमा टाँसिरहन आफ्नो नैतिकताले नदिएको र राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान् हुने भएकाले मार्गप्रशस्त गरेको बताए ।

आफ्नै घरमा आगजनी हुँदा र त्यसको तनावले आमाको निधन हुँदाको व्यक्तिगत पीडालाई समेत गौण मानेको उल्लेख गर्दै उनले भने, "सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई मैले गौण ठानेको छु ।"

लेखकले लोकतन्त्रका लागि लामो संघर्ष गरेको व्यक्ति भएकाले आफूले नागरिकमाथि गोली चलाउने वा दमन गर्ने आदेश कहिल्यै नदिएको र दिन पनि नसक्ने स्पष्ट पारेका छन् ।

यो समाचारमा

काठमाडौँरमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...