साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

17
Share
Featured
  • सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा बन्द भएको छ, बजारमा करेक्सन देखिएको हो।
  • सोमबारको कुल कारोबार रकम ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको भएको छ; एसवाई प्यानल नेपाल र ग्लोबल आइएमई समुन्नत योजना–२ का शेयर मूल्य १० प्रतिशतले बढेका छन् भने विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ।
  • १३ उपसमूहमध्ये विकास बैंक र म्युचुअल फण्डको परिसूचक बढ्दा बाँकी ११ उपसमूहले हल्का गिरावट देखाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ ।

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो ।

यसदिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता शेयर किनबेच भएको छ ।

सोमबार एसवाई प्यानल नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यसपछि मञ्जुश्री फाइनान्सको करिब १८ करोड र शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ, रातो आलु ३० देखि ४७ रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...