सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छ :मन्त्री चौलागाईँ

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

12
Share
Featured
  • वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सूर्यविनायकमा चाँडै चिडियाखाना निर्माणको घोषणा गर्ने बताए।
  • उनले ३० वर्षमा अपेक्षित विकास नहुँदा जेनजी आन्दोलन उठेको उल्लेख गर्दै इमान्दार कामले मात्र परिवर्तन सम्भव हुने धारणा राखे।
  • ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले चिडियाखानालाई महानगरको सान भन्दै आएका प्रस्तावमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईंले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् ।

सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् ।

उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं । त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं’उनले भने ।

त्यस्तै उनले ३० वर्षसम्म देशमा जनताले अपेक्षा गरेअनुरुप विकास नहुँदा जेनजी विद्रोह भएको बताए । कति समयमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा इमान्दारपूर्वक काम गर्न सकियो कि सकिएन भन्ने कुराले निर्धारण गर्ने धारणा राखे ।

उनले भने,‘मलाई थाहा छ । ३० वर्षसम्म हाम्रो देशमा जे अपेक्षा गरेको थिए मानिसले त्यो नपाएपछि देशमा जेनजी विद्रोह भयो । तपाईलाई काम गर्न परिवर्तन गर्न कति समय भयो भने पर्याप्त हुन्छ ? कति समय भयो भने तपाईहले परिवर्तन ल्याउन सक्नुहुन्छ ? भन्ने कुरा इमान्दारपूर्वक काम गर्नुभयो कि भएन भन्ने कुराले निर्धारण गर्छ ।’

जेनजी आन्दोलन कुनै व्यक्ति विशेष नभएर प्रवृत्तिको कुरा भएको भन्दै सबैले एकचोटी आत्मासमिक्षा गर्न आवश्यक रहेको बताए ।

‘एकचोटी आत्मासमिक्षा गरौं । हामी सबैको कतै न कतै जेनजी आन्दोलन हुनुमा योगदान छ, जेनजी आन्दोलन हुनु कुनै व्यक्तिको कुरा होइन्, प्रवृत्तिको कुरा हो । त्यो प्रवृत्तिले हरेक ठाउँमा गाँजेको थियो,’उनले भने

त्यस्तै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सान भनेको नै चिडियाखाना रहेको बताए । चिडियाखानाबाट आएका हरेक प्रस्तावहरु स्वीकृत गर्न महानगर तयार रहेको उनले प्रतिबद्धता जनाए ।

उनले भने,‘ललितपुर महानगरपालिकाको सान भनेको यो चिडियाघर हो । ठाउँ सानो होला, ठूलो गर्ने सम्भावना पनि देखिदैन । तर पनि यो एकदमै राम्रोसँग चलेको छ । यहाँबाट जस्तोसुकै प्रस्ताव लिए आएपनि महानगरपालिकामा रातो कार्पेट बिछ्याएर स्वागत गर्छु ।’

यो समाचारमा

काठमाडौँललितपुर महानगरपालिकाभक्तपुरमाधव प्रसाद चौलागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...