ताप्लेजुङमा भिरबाट लडेर युवकको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

24
Share
Featured
  • ताप्लेजुङको सिरीजंघा–६ मामंखेमा ३० वर्षीय विजय लिम्बु बाख्रा चराउन जाँदै गर्दा भिरबाट लडेर मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार, भिरबाट करिब ५०० मिटर तल खसेर खासेवा खोलामा उनको शव मृत अवस्थामा फेला परेको थियो ।
  • वडा अध्यक्षले बिहान ८:३० बजे प्रहरीलाई जानकारी दिएका थिए; प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–६, मामंखेमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । आज बिहान बाख्रा चराउन जाने क्रममा स्थानीय ३० वर्षीय विजय लिम्बुको थोक्लम्बी भिरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार, भिरबाट करिब ५०० मिटर तल खसेर खासेवा खोलामा उनको शव मृत अवस्थामा फेला परेको थियो । बिहान करिब ८:३० बजे वडा अध्यक्ष सुखराज लिम्बुले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय, तेल्लोक र जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो समाचारमा

ताप्लेजुङकाठमाडौँसिरीजङ्घा गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रहरीको स्वास्थ्य सुरक्षाका लागि नोबेल मेडिकल कलेजसँग सहकार्य

    काठमाडौँ।विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौतासँगै कोशी प्रदेश प्रहरीअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले नोबेल अस्पतालबाट विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ।सम्झौताले उपचार सेवाका साथै स्वास्थ्य सचेतना,

    Data is loading...

    Loading brands...

    Loading footer...