राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

Author

सजिलो पत्रिका

२०८२ पुस १४, सोमबार

13
Share
Featured
  • नेपाल राष्ट्र बैंकले पुस १४ गते रु. २५ अर्ब बराबरको एक वर्षे ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागेको छ।
  • बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्, ब्याजदर बोलकबोलबाट निर्धारण हुने र अर्धवार्षिक भुक्तानी व्यवस्था हुने छ।
  • न्यूनतम रु. ५ करोडको गुणकमा बोल दिन सकिनेछ, स्वीकृत रकम पुस १५ गते खाताबाट कट्टा गरी ऋणपत्र निष्कासन हुनेछ, र यसलाई खुला बजार कारोबारमा प्रयोग गर्न सकिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।

निष्कासन हुने ऋणपत्रको अवधि एक वर्षको रहनेछ भने ब्याजदर बोलकबोलबाट नै निर्धारण हुनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ । न्यूनतम रु. ५ करोड र अधिकतम रु. ५ करोडको गुणकमा बोल गर्न सकिनेछ ।

राष्ट्र बैंकले बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफैंमा सुरक्षित राखेको जनाएको छ । स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ ।

उक्त ऋणपत्र खुला बजार कारोबारमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...