महर्षि दीपक प्रतिष्ठानद्वारा समाजसेवी पुष्कल गजुरेल सम्मानित

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

32
Share
Featured
  • पुष्कल गजुरेललाई समाजसेवा, धर्म, संस्कार र वैदिक जीवनदर्शनमा योगदानका लागि महर्षि दीपक प्रतिष्ठानले सम्मान गरेको छ।
  • उनलाई रक्तदान कार्यक्रमको एक महिना पूरा भएको अवसरमा सम्मान गरिएको हो।
  • गजुरेल ४० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी र रेयुकाई जस्ता संस्थामा समाजसेवा तथा जनस्वास्थ्यमा सक्रिय छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

महर्षि दीपक प्रतिष्ठानले लामो समयदेखि समाजसेवामा सक्रिय पुष्कल गजुरेललाई सम्मान गरेको छ । प्रतिष्ठानको केन्द्रीय कार्यालय पशुपतिनाथमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

समाजसेवा, धर्म, संस्कार र वैदिक जीवनदर्शनको संरक्षणमा समर्पित प्रतिष्ठानले रक्तदान कार्यक्रम सञ्चालनको एक महिना पुगेको अवसरमा गजुरेललाई सम्मान गरेको हो ।

सम्मानित व्यक्तित्व गजुरेल विगत ४० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, रेयुकाई जस्ता संस्थाहरूमार्फत समाजसेवा तथा जनस्वास्थ्यको क्षेत्रमा निरन्तर क्रियाशील छन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दीपक बानियाँ, पशुपति सेवा संस्थाका अध्यक्ष राम थापा, राष्ट्रवादी युवा नेता इन्जिनियर सुवास पौडेल, समाजसेवी दीपक कार्की लगायतको उपस्थिति थियो ।

यो समाचारमा

नेपाल रेडक्रस सोसाइटीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...