आर्मी क्लबलाई लिनिङ बास्केटबल उपाधि

Author

सजिलो पत्रिका

२०८२ पुस १३, आइतबार

28
Share
Featured
  • त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगिताको फाइनलमा सोलो बास्केटबल क्लबलाई १०८–७७ ले हराउँदै उपाधि जित्यो।
  • एचजेबीएल छनोटका रूपमा भएको प्रतियोगिताबाट आर्मी, सोलो, रोयल स्पोर्ट्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोस्रो सिजनका लागि छनोट भए।
  • एचजेबीएल दोस्रो संस्करण आगामी मार्चमा हुने र छनोट भएका चार तथा अघिल्लो सिजनका शीर्ष चार टोलीसहित ८ टोली सहभागी हुने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

त्रिभुवन आर्मी क्लबले लिनिङ बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बौद्धस्थित डंकमान्डुमा भएको फाइनलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०८–७७ ले पराजित गरेको हो ।

हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) को छनोटका रुपमा रहेको प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । यो प्रतियोगिताबाट ४ टोली लिगका छनोट हुने प्रावधान थियो । आर्मी र सोलोसंगै सेमिफाइनल पुगेका रोयल स्पोट्र्स सेन्ट्रल र प्लेबक्स एरेना लिगको दोश्रो सिजनका लागि छनोट भएका थिए ।

छनोट भएका ४ टोली र एचजेबीएलको पहिलो संस्करणमा शीर्ष चार स्थानमा रहेका क्रमशः साविक विजेता टाइम्स, उपविजेता गोल्डेनगेट, हाउन्ड्स र भएको कीर्तिपुरले दोश्रो संस्करणमा सहभागिता जनाउने छन् ।

एचजेबीएलको दोस्रो संस्करण आगामी मार्चमा आयोजना गर्ने तयारी रहेको नेपाल बास्केटबल संङका अध्यक्ष भिम सिंह गुरुङले जनाएका छन् ।

‘यसअघि बास्केटबल लिग ग-र्यौ । यसपटक लिगका लागि छनोट नै ग-र्यौैँ । अब छनोट भएका चार टोली र यसअघि एचजेबीएलका शीर्ष ४ टोलीसहित ८ टोलीले लिग खेल्ने छन् ।’ अध्यक्ष गुरुङले भने, ‘दक्षिण एसियामै पहिलो पटक नेबाले लिगको क्वालिफायर आयोजना गरेका हो ।’

विजेतालाई अध्यक्ष गुरुङलगायतले पुरस्कृत पनि गरेका छन् ।

यो समाचारमा

काठमाडौँबास्केटबल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...