मधेश प्रदेशका सबै स्थानीय तहलाई कर्मचारीको विवरण बुझाउन प्रदेश सरकारको अल्टिमेटम

Author

सजिलो पत्रिका

२०८२ पुस १२, शनिबार

12
Share
Featured
  • मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख डिजिटल र व्यवस्थित बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ।
  • व्यक्तिगत फाइलमा सिटरोल दर्ता, फोटो, सेवा अभिलेख, नागरिकता, निरोगिता, शैक्षिक र तालिम प्रमाणपत्रसमेत अनिवार्य गरिएको छ; फरक विवरण भए प्रमाणपत्र संलग्न गर्नुपर्ने व्यवस्था छ।
  • समयमै विवरण नपठाए कर्मचारी सूचना प्रणाली अद्यावधिकमा समस्या आउने चेतावनी दिइएको छ र स्थानीय तहको सक्रिय सहकार्य आवश्यक ठहरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेश सरकारले स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीहरूको अभिलेख व्यवस्थित र डिजिटल बनाउन एक महिनाभित्र पद दर्ता, सिटरोल दर्ता र व्यक्तिगत फाइल अद्यावधिक गरी पठाउन निर्देशन दिएको छ ।

आवश्यक भौतिक अभिलेख नआएर कर्मचारी अभिलेख एकीकृत गर्ने काम अवरुद्ध भएको भन्दै तत्काल कागजात उपलब्ध गराउन भनेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताबखाना र प्रदेश सरकारबीच २०८२ कार्तिक २६ गते कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण सम्बन्धी समझदारीपत्रपछि अभिलेख अद्यावधिक प्रक्रिया अघि बढाइएको हो ।

अब उपरान्त सबै स्थानीय तहले स्वीकृत संगठन संरचना, दरबन्दी विवरण र हाल कार्यरत स्थायी कर्मचारीका व्यक्तिगत फाइल तयार गर्नुपर्नेछ ।

व्यक्तिगत फाइलमा सिटरोल दर्तासम्बन्धी सिफारिस, प्रमाणित सिटरोल, फोटो, नियुक्तिदेखि हालसम्मका सेवा अभिलेख, नागरिकता, निरोगिता, शैक्षिक तथा तालिम प्रमाणपत्रसमेत अनिवार्य गराइएको छ ।

नाम, थर, जन्ममिति वा ठेगानामा फरक परेमा सम्बन्धित सिफारिस वा प्रमाणपत्र संलग्न गर्नुपर्नेछ । साथै, स्थानीय सेवा ऐनअनुसार गठन भएको समितिको प्रतिवेदन तथा कागजात पनि बुझाउन भनिएको छ । मुख्यमन्त्री कार्यालयले जारी गरेको निर्देशनपत्रमा समयमै विवरण नआए कर्मचारी सूचना प्रणाली अद्यावधिकमा समस्या आउने चेतावनी दिँदै सुशासनमूलक प्रशासनका लागि स्थानीय तहको सक्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख छ ।

यो समाचारमा

काठमाडौँमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...