जनकपुरमा बंगलादेश सरकारविरुद्ध प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

10
Share
Featured
  • जनकपुरधाममा महिला अभियानीहरुले बांगलादेशमा हिन्दू युवक दिपु दासको निर्ममतापूर्वक हत्या भएको विरोधमा जनक चोकमा प्रदर्शन गरे।
  • उनीहरुले मो. युनुस र बांगलादेश सरकारको विरोध गर्दै प्लेकार्ड जलाए, माटोको खपरी फोडे र नारा लगाए।
  • अभियानीहरूले हिन्दूमाथिको आक्रमण रोक्न नेपाल सरकारले ठोस कदम उठाउनुपर्ने माग गरे; विरोध भारत र नेपालका विभिन्न स्थानमा लगातार जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधाममा महिला अभियानीहरुले बंगलादेशविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

बांगलादेशमा केही दिनअघि निर्ममतापूर्वक हिन्दू समुदायका युवा दिपु दासको हत्या गरिएको विरोधमा शुक्रबार जनकपुरधामको जनक चोकमा महिला अभियानीहरुले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले मो.युनुश मुर्दावाद, बांगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर लगायतका नारा लगाउँदै प्ले कार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

महिला अभियानीहरुले मो. युनुसको नाममा माटोको खपरी फोडेर विरोध जनाएका छन् । उनीहरुले मों युनुसको फोटोसहितको प्लेकार्ड पनि जलाएका छन् ।

कुनैपनि हिन्दुको हत्या गर्नेहरुको विरोध गर्ने भन्दै आफूहरुले आज विरोध प्रदर्शन गरेको महिला अभियानी विभा ठाकुरले बताइन ।

उनले हिन्दू सनातन धर्ममा कसैको पनि हत्या गर्न नमिल्ने र जिउँदो जलाउन नमिल्ने भनेकोले हिन्दू माथिको आक्रमण सहन गर्न नसिकने बताइन ।

अभियानी ठाकुरले रोहंगिया बांगलादेशि मुस्लमानहरु दिनहु नेपाल प्रवेश गरेको भिडियो र तस्विरहरु सार्वजनिक भइरहेकाले सरकारले यसलाई रोक्न ठोस कदम उठाउनुपर्नेमा जोड दिइन ।

हिजो मात्र जनकपुरधाममा साधुसन्तको नेतृत्वमा भव्य विरोध र्याली निकालिएको थियो । बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको हत्या भएदेखि नेपालभारतका विभिन्न स्थानहरुमा दिनहु विरोध प्रदर्शन हुँदै आएको छ ।

यो समाचारमा

जनकपुरभारतनेपालबंगलादेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...