निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

12
Share
Featured
  • निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले सूचना सम्प्रेषण तथा समन्वय केन्द्र सञ्चालनमा ल्यायो।
  • केन्द्रमार्फत आधिकारिक सूचना प्रवाह, सञ्चारमाध्यमसँग समन्वय, मतदाता शिक्षा र सामाजिक सञ्जालको अनुगमन गरिने।
  • मिथ्या सूचना, दुष्प्रचार र डिपफेक सामग्री नियन्त्रणका लागि सामाजिक सञ्जाल कम्पनीसँग सहकार्य गर्ने तयारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । आयोगको बहादुर भवनस्थित कार्यालयमा स्थापना गरिएको केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।

समन्वय केन्द्रको उद्घाटन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका हुन् । कार्यक्रममा आयुक्तहरू डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा, आयोगका सचिव कृष्णबहादुर राउतलगायतको उपस्थिति रहेको थियो ।

आयोगका अनुसार निर्वाचनसम्बन्धी सूचना तथा सन्देशहरू मतदाता, उम्मेदवार, राजनीतिक दल र सरोकारवालासम्म प्रभावकारी रूपमा पुर्याउन तथा सञ्चारमाध्यमसँग नियमित सम्पर्क र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

केन्द्रअन्तर्गत प्रेस अफिस, सूचना सदाचार प्रवर्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाइ गरी तीन एकाइ रहनेछन् । समारोहमा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण निर्वाचनको विश्वसनीयताका लागि अनिवार्य रहेको उल्लेख गरे।

सामाजिक सञ्जालमा फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिलाई रोकथाम गर्न तथा आयोगका सूचना, निर्वाचन आचारसंहिता र मतदाता शिक्षा सामग्री प्रभावकारी रूपमा प्रवाह गर्न केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

आयोगले सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत फैलिने गलत सूचना, अफवाह, डिप फेक सामग्रीलगायतलाई तत्काल हटाउन र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तयारी गरेको जनाएको छ । यसका लागि मेटा, टिकटक, एक्सलगायत सामाजिक सञ्जालका मातृ कम्पनीहरूसँग पनि समन्वय गरिएको आयोगले जानकारी दिएको छ ।

भ्रामक सूचना र दुष्प्रचार रोक्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भण्डारीले आधिकारिक पुष्टि बिना समाचार सम्प्रेषण नगर्न र तथ्य जाँचलाई प्राथमिकता दिन आग्रह गरे । साथै, आयोगबाट प्रवाह हुने सूचना एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने उनले बताए ।

आयोगले समन्वय केन्द्रमार्फत सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आयोगका गतिविधि, निर्वाचनको वातावरण, राजनीतिक दल र उम्मेदवारको पहुँच, मतदाता शिक्षा सामग्रीको प्रस्तुति लगायत विषयमा ‘कन्टेन्ट एनालसिस’ समेत गर्ने जनाएको छ । यसबाट निर्वाचनसम्बन्धी निर्णय प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा पश्चात् हालसम्म भएका प्रमुख गतिविधि र निर्वाचन पूर्वतयारीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...