नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा पदभार ग्रहण

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

10
Share
Featured

काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि मन्त्री शर्माले मुलुक र मन्त्रालयको उद्धारका साथै प्रगतीका लागि आफूले मन्त्रालय सम्हालेको बताए ।

उनले भने,‘मुलुक हाम्रो हो । जति हामी खाली राख्छौं उति समस्या खडा हुनसक्छ । त्यसकारण रुटिन प्रकृयाहरुमा बाधा नपरोस् र मन्त्रालयको उद्धार अथवा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ ।’

यस्तै,उनले दुई छिमेकी नवोदित राष्ट्रहरुको अनुभव ज्ञान लिएर सहकार्य गर्दै अगाडि जान सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको धारणा राखे ।

त्यस्तै उनले नेपालको इमेज संसारभरी कसरी राम्रो गर्ने भन्ने विषयमा आफूले पहिलो निर्णय गरेको जानकारी दिए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...