सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गर्ने छु : मन्त्री गौतम

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

15
Share
Featured
  • स्वास्थ्य मन्त्री डा. सुधा गौतमले आफ्नो कार्यकाल छोटो भए पनि दीर्घकालीन प्रभाव पर्ने नीतिगत निर्णय गरेर कार्यान्वयनको जिम्मेवारी तोकेर जाने बताएकी छन्।
  • सिंहदरबार वैद्यखाना अवलोकनका क्रममा वैद्यखानाको संरचना, नेतृत्वको स्थायित्व र कर्मचारी प्रोत्साहनमा समस्या देखिएको भन्दै सुधारलाई प्राथमिकता दिने उल्लेख गरिन्।
  • स्वदेशमै जडीबुटी उत्पादन र प्रशोधन विकास गर्न सके वैदेशिक रोजगारीमा जाने जनशक्ति घटाउन सकिने धारणा उनले व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् ।

शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् ।

उनले भनिन्, ‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हँुदैन ।’

यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने र राखेको पनि बताइन् ।

उनले भनिन्, ‘हामीले वैद्यखानालाई प्राथमिकतामा राख्ने हो र राखेकै पनि छौँ । नीतिगत रुपमा वैद्यखाना विकास समिति गठनको जुन खाका तयार भयो त्यो नै गलत भयो कि जस्तो बुझियो अहिले आउँदा, यो संस्था क्रमश ओरालो लाग्दै गएको देख्दा त्यही समस्या भएको जस्तो लाग्यो । यसलाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्वलाई र यहाँको टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने, लामो समय काम गरेपछि पनि स्तर वृद्धि नभएको कुराहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ, राख्ने पनि छु ।’

आफ्नै देशको जडीबुटी उत्पादन र प्रशोधन गर्न सक्यांै भने वैदेशिक रोजगारीमा जाने जनशक्ति पनि कम हुँदै जाने उनको भनाई छ ।

यो समाचारमा

काठमाडौँडा. सुधा शर्मा गौतमसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...