दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

20
Share
Featured


बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा अन्तर्गत बाली संरक्षण समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना र भेटेरिनरी समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना कर्मचारी सहसचिव पदमा बढुवाका लागि सिफारिस सूचीमा परेका छन् । सिफारिस भएका कर्मचारीहरूको बढुवा प्रक्रिया प्रचलित कानुन तथा नियमावली अनुसार अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...