बीपीएलमा सन्दीपको पुनरागमन, पूर्व टोलीविरुद्ध राजशाही वारियर्सको आज पहिलो खेल

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

29
Share
Featured
  • सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज बीपीएलमा पहिलो खेल खेल्दैछ।
  • खेलमा राजशाही वारियर्स र सिलेट टाइटन्सबीच दिउँसो १:४५ बजे प्रतिस्पर्धा हुनेछ।
  • पूर्व टोलीविरुद्ध खेल्न लागेका सन्दीपको सहभागिताले नेपाली दर्शकको चासो बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बंगलादेश प्रिमियर लिग (बीपीएल) मा दोस्रो पटक सहभागी हुन लागेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली राजशाही वारियर्सले आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।

शुक्रबार हुने उक्त खेलमा राजशाही वारियर्सले सिलेट टाइटन्सको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमै सन्दीप लामिछाने प्लेइङ–११ मा पर्ने सम्भावना रहेको छ ।

यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्ससँग आबद्ध भएका हुन् । यसअघि उनी सन् २०१९ मा सिलेट टाइटन्सबाट बीपीएल खेलेका थिए । संयोगवश, यसपटकको पहिलो खेलमै उनले आफ्नो पूर्व टोली सिलेट टाइटन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेललाई थप रोचक बनाएको छ ।

राजशाही वारियर्सको कप्तानी बङ्गलादेशका राष्ट्रिय टोली कप्तान नजमुल हुसेनले गर्दैछन् । टोलीमा नेपाल प्रिमियर लिग खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी जिमी निशम पनि रहेका छन् ।

नेपाली क्रिकेटका चर्चित स्पिनर सन्दीपको पुनरागमनसँगै बीपीएलमा नेपाली दर्शकको चासोसमेत बढेको छ ।

यो समाचारमा

काठमाडौँसन्दीप लामिछानेनेपाल प्रिमियर लिगबंगलादेश
क्रिकेट4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...