ज्येष्ठ नागरिकको गरिमा कायम राख्न उपराष्ट्रपति यादवको आग्रह

Author

सजिलो पत्रिका

२०८२ पुस ११, शुक्रबार

24
Share
Featured
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई बोझ होइन, ज्ञान र अनुभवका स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।
  • उनले ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य र स्वास्थ्य सेवामा पहुँच बढाउन जोड दिए।
  • युवापुस्ताले ज्येष्ठ नागरिकको सम्मान गर्दै सामाजिक सहभागिता र डिजिटल साक्षरतामा सहयोग गर्नुपर्ने उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उपराष्ट्रपति राम सहाय प्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ नभई ज्ञान, अनुभव र मार्गदर्शनको स्रोत (बोध) का रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई कायम राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा र मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । "परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो," सन्देशमा भनिएको छ ।

उनले युवापुस्ताले ज्येष्ठ नागरिकको विचारलाई सम्मान गर्नुपर्ने, सामाजिक गतिविधिमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्म पहुँच पुर्‍याउन सहयोग गर्नुपर्ने बताए ।

"वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष हो," उपराष्ट्रपतिले भनेका छन्, "ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद् बनाउन सबैले हातेमालो गरौँ ।"

यो समाचारमा

काठमाडौँराम सहाय प्रसाद यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...