बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

25
Share
Featured
  • बाजुराको गौमुल गाउँपालिकाले सबै वडाका नागरिकलाई आयोडिनयुक्त भानु नुन वितरण गर्दैछ।
  • प्रति परिवार २२ केजी नुन दिइनेछ, नागरिकता फोटोकपी अनिवार्य गरिएको छ।
  • पुस १०–१२ गतेसम्म वडाअनुसार तोकिएको स्थानबाट नुन वितरण हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको गौमूल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।

प्रति परिवार २२ केजीका दरले आयोडिनयुक्त भानु नुन वितरण गरिने गाउँपालिकाले जनाएको छ ।नुन लिन आउँने सेवाग्राहीहरुले आफ्नो नेपाली नागरिकताको फोटोकपी अनिवार्य साथमा लिएर आउँनु पर्ने छ।

वडा नम्बर ३, ४, ५ र ६ का नागरिकहरुले गाउँपालिकाको केन्द्र घट्मुनाबाट नुन लिन लिनु पर्ने छ । त्यस्तै वडा नम्बर १ र २ का नागरिकहरुले सिम बजारबाट नुन प्राप्त गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले जानकारी दिए ।

नागरिकको सहजताका लागी गाउँपालिकाले नुन वितरण गर्न लागेको अध्यक्ष रोकायाको भनाइ छ। पालिकाका स्थानीयलाई खानमा अभाव नहोस् भनेर वितरण गर्न लागिएको बताएका छन्।

पुस १० गते वडा नम्बर ४ र ५, पुस ११ गते वडा नम्बर ३ र ६ तथा पुस १२ गते वडा नम्बर १ र २ का लागि नुन वितरण गरिने भएको छ । गाउँपालिकाले तोकिएको मिति, स्थान र समयमा उपस्थित भई नुन लिन स्थानीय नागरिकहरूलाई अनुरोध समेत गरेको छ।

यो समाचारमा

काठमाडौँबाजुरागौमूल गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    केही क्षेत्रमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई

    Data is loading...

    Loading brands...

    Loading footer...