क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

13
Share
Featured
  • नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
  • शुभकामना सन्देशमा उहाँले नेपालको बहुधार्मिक र बहुसांस्कृतिक विविधताले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावनालाई बलियो बनाएको उल्लेख गर्नुभएको छ।
  • क्रिसमस जस्ता पर्वले सामाजिक एकता, मेलमिलाप र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले क्रिसमस डे–२०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

डिसेम्बर २५ का दिन मनाइने क्रिसमसलाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा उल्लेख गर्दै खड्काले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए ।

उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।

क्रिसमसजस्ता पर्वहरूले सामूहिक भावना, मेलमिलाप र सामाजिक एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने खड्काको भनाइ छ। उनले यस्ता चाडपर्वले समाजमा सकारात्मक सोच र आपसी समझदारी विकास गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यवाहक सभापति खड्काले क्रिसमस डे–२०२५ ले सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धि ल्याउनुका साथै नेपाली समाजमा सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँपूर्ण बहादुर खड्काक्रिसमस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...