पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन

Author

सजिलो पत्रिका

२०८२ पुस ०८, मङ्गलबार

23
Share
Featured

काठमाडौँ

पछिल्लो पाँच महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन आयात भएका छन् । गत आवको सोहि अवधिमा नेपालमा १५ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको ९९ लाख थान स्मार्टफोन आयात भएको थियो ।

पछिल्लो समय विशेष गरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा १० रुपैयाँ, टनेल गोलभेँडा २० रुपैयाँ, रातो आलु ३० देखि ४७ रुपैयाँ र भारतीय सुकेको प्याज ५५ रुपैयाँ प्रतिकिलो कायम गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...