नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

17
Share
Featured
  • सोमबार नेप्से परिसुचक १३.८८% घटेर २५८१.२१ अंकमा झरेको छ, जसमा २०० कम्पनीको शेयर मूल्य घटेको, ५४ को बढेको र ५ को स्थिर रहेको छ।
  • कारोबार रकम घटेर ३ अर्ब ५१ करोड रुपैयाँ भएको छ, एसवाई प्यानलको आएईपीओ सकारात्मक सर्किटमा, र केबि एल तथा सिटिजन्स बैंक डिबेञ्चरको मूल्य करिब ६% बढेको छ।
  • मानुषी र लक्ष्मी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ, होटल/पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक बढी घटेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स २.२५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ । आज कारोबारमा आएका स्कट मध्ये २०० कम्पनीको स्टकको शेयर मूल्य घटेको छन भने ५४ स्टकको शेयर मूल्य बढेको छ । त्यसैगरी, ५ ओटा कम्पनीको स्टकको शेयर मूल्य स्थीर रहेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ५२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज कुल ३३२ स्टकको ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर करोबार भएको छ । यो करोबार ६५ हजार ३१२ पटकमा भएको हो ।

यसदिन एसवाई प्यानलको आएईपीओ सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ ।

यस्तै, आज कारोबारमा आएका मध्ये मानुषी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ६.८४ रुपैयाँले घटेर १४९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यस दिन लुम्बीनी विकास बैंक, सन नेपाल लाईफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स र हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...