'चुरा लगाएका हातलाई कमजोर नठान्नू': जेनजी संयोजक रक्षा बमको सुदन र मिराजलाई चेतावनी

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

16
Share
Featured
  • नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुंगानालाई पितृसत्तावादी र स्त्रीद्वेषी सोचबारे चेतावनी दिएकी छन्।
  • उनले भदौ २८ गतेको ढोगिएको घटनालाई स्मरण गर्दै महिलाको संघर्ष र योगदानको मूल्यांकन नगर्न अनुरोध गरेकी छन्।
  • बमले राजनीतिक स्वार्थका लागि 'जेनजी' लाई गोटी बनाउन नहुने र देशमा शान्ति आवश्यक रहेकोमा जोड दिएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले 'जेनजी' अभियन्ता सुदन गुरुङ र मिराज ढुंगानालाई चेतावनी दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गुरुङ र ढुंगानाको पितृसत्तावादी सोचप्रति आपत्ति जनाउँदै चुरा लगाएका हातलाई कमजोर नठान्न चेतावनी दिएकी हुन् ।

"चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला," बमले लेखेकी छिन्, "स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन् ।" उनले भदौ २८ गते आफूलाई ढोगेको घटना स्मरण गराउँदै लेखेकी छिन्, "तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।"

बमले संसद् पुनःस्थापनाको बहसलाई 'पश्चगामी' भन्दै अबको निकास नयाँ जनादेशसहितको नयाँ संसद् भएको बताएकी छन् । उनले कसैको स्वार्थपूर्तिका लागि 'जेनजी' हरू राजनीतिक गोटी बन्न नहुनेमा जोड दिइन् ।

उनले महिलालाई कमजोर ठान्ने सोचविरुद्ध आफ्नो संघर्ष जारी रहने स्पष्ट पार्दै देशमा शान्तिको आवश्यकता रहेको र सबैलाई सचेत रहन आग्रह गरेकी छन् ।


यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...