सरकारको प्रतिबन्ध तोड्छु, उपत्यका बाहिर जान कसैलाई सोध्दिनँ-अध्यक्ष ओली

Author

सजिलो पत्रिका

२०८२ पुस ०७, सोमबार

14
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलन छानबिन आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान दोहोर्‍याएका छन्।
  • आयोगबाट आफूलाई अहिलेसम्म बयानका लागि कुनै औपचारिक सूचना नआएको उनले स्पष्ट पारे।
  • सरकारको यात्रा प्रतिबन्धलाई असंवैधानिक ठहर गर्दै आवश्यक परे अनुमति नलिई उपत्यकाबाहिर जाने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले 'जेनजी' आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई कुनै पनि हालतमा बयान नदिने अडान दोहोर्‍याएका छन् । उनले बरु गोली खान तयार रहेको तर बयान दिन नजाने बताएका हुन् ।

हिमालय टेलिभिजनलाई आइतबार राति दिएको अन्तर्वार्तामा अध्यक्ष ओलीले भने, "बयान दिन मानेन भने गोली ठोके हुन्छ नि । यत्रो कसुर गर्नेलाई हान्दिनु नि गोली । उहाँहरूसँग बन्दुक छँदैछ ।"

उनले आफूलाई बयानका लागि आयोगबाट अहिलेसम्म कुनै लिखित वा मौखिक जानकारी नआएको पनि स्पष्ट पारे ।

अन्तर्वार्ताका क्रममा ओलीले सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै आवश्यक परेमा सरकारलाई नसोधी काठमाडौं उपत्यका बाहिर जाने चेतावनीसमेत दिएका छन् । "मेरो संवैधानिक अधिकार प्रयोग गर्न असंवैधानिक सरकारलाई सोध्नुपर्ने मैले?" उनले प्रश्न गरे ।

सरकारले ओलीलाई विदेश जान प्रतिबन्ध लगाउनुका साथै काठमाडौं उपत्यका बाहिर जानुपर्दा अनुमति लिनुपर्ने आदेश जारी गरेको छ । 'जेनजी' आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले आगामी हप्ता ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महिला उद्यमीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छ - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महिला उद्यमीहरूको उद्यमशीलता विकास र प्रवर्द्धनका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्।प्रधानमन्त्री शाहले महिला उद्यमीहरूले भोगिरहेका कानुनी र व्यावहारिक व्यवधान हटाउन सरकार

    Data is loading...

    Loading brands...

    Loading footer...