सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

36
Share1
Featured
  • सञ्चारमन्त्री जगदिश खरेलले कार्यकालका १०० दिनका ३० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।
  • अनलाइन सञ्चारमाध्यमको दर्ता र नविकरण सूचना तथा प्रसारण विभागबाटै हुने व्यवस्था सुरु गरिएको छ।
  • स्वर्गीय पत्रकार सुरेश रजतलाई सहिद घोषणा तथा गोरखापत्रमा ४६ भाषामा सामग्री प्रकाशन सुरु गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो कार्यकालको १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् ।

प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको जानकारी गराए ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकेर अनलाइन सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

उनले भने,‘आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकि अनलाई सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ ।’

त्यस्तै स्वर्गीय पत्रकार सुरेश रजतको सहीद घोषणा गरिएको ,गोरखापत्रमा भाषा थपगरी ४६ भाषाको समाचार तथा लेख रचना प्रकाशन सुरु भएको उनले बताए ।

त्यस्तै उनले आफूले सय दिनमा उल्लेखनीय काम गरेको दावी समेत गरेका छन् ।

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...