राष्ट्रिय ललितकला प्रदर्शनीका लागि कलाकृतिहरू बुझाउन आब्हान

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

21
Share
Featured
  • नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्ने भएको छ।
  • राष्ट्रिय प्रदर्शनीमा समावेश हुने कलाकृतिहरू प्रादेशिक ललितकला प्रदर्शनीबाट छनोट गरिने व्यवस्था छ।
  • कलाकारहरूले आ–आफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा २०८२ पुस ३० भित्र कलाकृति बुझाउन आह्वान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले २०८३ जेठ १५ गते काठमाडौँमा राष्ट्रिय ललितकला प्रदर्शनीमा २०८३ को आयोजना गर्ने भएको छ ।

प्रदर्शनीसम्बन्धी कार्यविधि अनुसार प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई छनोट भएका कलाकृतिहरू मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश हुने प्रावधान रहेको हुँदा उक्त प्रदर्शनीमा कलाकृति समावेश गर्नका लागि २०८२ पुस ३० गते भित्र कलाकृतिहरू बुझाउन देशभरिका ललितकलाकर्मीहरूलाई प्रतिष्ठानले आह्वान गरेको छ ।

‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ऐन २०६४ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि–२०८० र प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि २०८० बमोजिम यस प्रज्ञा–प्रतिष्ठानद्वारा सातै प्रदेशमा माघदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुन गइरहेको छ ।

प्रादेशिक प्रदर्शनीमा समावेश भइ छानिएका कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्रावधान रहेकाले आ–आफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा कलाकृति तोकिएको समयभित्रै बुझाउन समेत सम्बन्धित सबैमा जानकारी गराएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बर्खामा देशका अन्य पर्यटकीय क्षेत्र सुनसान हुँदा ढोरपाटनमा भने पर्यटकको भीड

    बागलुङ । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ । फूलैफूलले ढाकिएको ढोरपाटनसँग साइनो गाँस्न दिनहुँ आन्तरिक पर्यटक ढोरपाटन आउने गरेका छन् ।नेपालको एकमात्र

    Data is loading...

    Loading brands...

    Loading footer...