करारका कर्मचारी हटाएपछि स्वास्थ्य संस्था बन्द

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

26
Share
Featured
  • करार कर्मचारी हटाइएपछि पञ्चपुरी नगरपालिकाका १२ स्वास्थ्य संस्था बन्द भएका छन्।
  • ६ आधारभूत स्वास्थ्य केन्द्र र ६ सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा सेवाग्राही प्रभावित छन्।
  • स्थानीयले सामान्य उपचारका लागि ३–४ घण्टा टाढाको साल्कोट अस्पताल धाउनुपरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पञ्चपुरी नगरपालिकाले करार सेवाका कर्मचारी हटाए पछि यहाँका १२ स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् ।

करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालन भएका स्वास्थ्य संस्था बन्द भए पछि सेवाग्राही मारमा परेका छन् । पञ्चपुरी नगरपालिकाले गत साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।

नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

नगरपालिकाले चालू आर्थिक वर्षमा एक सय २८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिए । उनका अनुसार ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।

नगरपालिकाको वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे र वडा नं. ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई बन्द भएका छन् ।

यस्तै वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी, वडा नं. ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नं. ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नं. ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नं. ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नं. १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका हुन् ।

घर आगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनुपरेको वडा नं. १ का धर्मजीत थापाले जानकारी दिए । घरआँगनमै पाउने सेवा लिन अहिले घण्टौको दुरीमा रहेका साल्कोट अस्पतालमा आउने गरेको उनले बताए ।

गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपनि वडा नं. १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नं. २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा छ ।

यो समाचारमा

काठमाडौँपञ्चपुरी नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...