नोबेल मेडिकल कलेजको छतबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस ०६, आइतबार

32
Share
Featured
  • विराटनगरस्थित नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसेर ३४ वर्षीय इन्टर्न डाक्टर डा. अमित यादवको मृत्यु भएको छ।
  • उनलाई घटना पछि तत्काल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको भए पनि उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
  • मृतक सप्तरी, राजविराज–९ का स्थायी बासिन्दा थिए र एमबीबीएस सकेर इन्टर्नसिप गरिरहेका थिए; घटनाको कारण अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान करिब साढे ६ बजे अस्पतालको पाँचौं तलाबाट खसेर ३४ वर्षीय डा. अमित यादवको मृत्यु भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

मृतक यादव सप्तरीको राजविराज नगरपालिका–९ का स्थायी बासिन्दा थिए र नोबेलमा एमबीबीएस सकेर इन्टर्नसिप गरिरहेका थिए । घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचारमा

काठमाडौँसप्तरीराजविराज  नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिपक्षको अवरोधपछि मधेश प्रदेशसभामा नयाँ मोड, बजेट विवाद मिलाउन सांसदहरूको कार्यदल गठन

    धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर

    Data is loading...

    Loading brands...

    Loading footer...