महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

27
Share
Featured
  • नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा उठाइएका पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतान्त्रिकरणका मुद्दा निरन्तर अघि बढाउने निर्णय गरेको छ।
  • उपमहासचिव योगेश भट्टराईका अनुसार ती मुद्दा पार्टीको विधि–विधानभित्र रहेर विभिन्न तहमा छलफल र सम्प्रेषण गरिनेछ।
  • प्रतिनिधि छनोट र बन्दसत्र सञ्चालन प्रक्रियाले पार्टीको लोकतान्त्रिक अभ्यासमा गम्भीर प्रश्न उठाएको भन्दै पार्टी संरचनाको दुरुपयोग भएकोमा भेलाले चिन्ता व्यक्त गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुर्नगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्माण, नेतृत्व निर्माण, पार्टीको आन्तरिक लोकतान्त्रिकरण लगायतका विषयहरुलाई निरन्तर पार्टीको विधि विधानभित्र बसेर उठाउने निर्णय गरेको पार्टीका उपमहासचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

उनले भने, ‘हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध र सुदृढ बनाउनको लागि हाम्रो तर्फबट भूमिका खेल्ने निर्णय गरेका छौँ । पार्टीभित्र हामीले महाधिवेशनमा उठाएका मुद्दाहरुलाई ती विचार भनेको पार्टीको पुनगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्माण, नेतृत्व निर्माण, पार्टीको आन्तरिक लोकतान्त्रिकरण लगायतका विषयहरुलाई निरन्तर पार्टीको विधि विधानभित्र बसेर पार्टीभित्र निरन्तर उठाउने निष्कर्ष पनि निकालेका छौँ ।’

उनले पार्टीका विभिन्न तहहरुमा आफ्ना विचार सम्प्रेषण गर्ने र छलफल गर्ने निर्णय गरेको पनि बताए । प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको भन्दै महाधिवेशनमा पार्टी संरचनाहरुको दुरुपयोग गरिएको पनि उनको भनाई छ ।

उनले भने, ‘प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको छ । पार्टी संरचनाहरुको दुरुपयोग गरिएको छ । यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ ।’

यो समाचारमा

ईश्वर पोखरेलकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...