रौतहट सहित मधेशमा चिसोको कहर, जनजिवन प्रभावित

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार

18
Share
Featured
  • रौतहटसहित मधेशका जिल्लामा बाक्लो हुस्सु र शितलहरका कारण दुई दिनदेखि अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ।
  • चिसोले दैनिक मजदुरी गर्ने मजदुर, रिक्सा चालक, बालबालिका र बृद्धबृद्धा सबैभन्दा बढी मारमा परेका छन् भने पशुचौपाया र कृषि बालीमा पनि असर परेको छ।
  • हुस्सुका कारण सिमरा विमानस्थलको हवाई उडान ढिलो सुरु भएको छ र चिसोसम्बन्धी समस्याले अस्पतालहरूमा बिरामीको चाप बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रौतहट सहित मधेश प्रदेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केहि दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए ।

उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसेको छ । शितलहर सहितको चिसो बढेपछि स्थानीयहरु आगो तापेर बस्न थालेको उनको भनाइ छ । चिसो स्याँठ (पश्चिमी हावा) चल्ने हुँदा जाडोले जनजीवन नराम्रोसंग प्रभाबित भएको उनले जानकारी दिए । दैनिक मजदुरी गरेर जिबिकोपार्जन गर्नेहरुलाइ चिसोले निकै सताउने देखिएको छ। यो चिसोमा सडक नै सुनसान हुने र मानिसको चहलपहल कम हुँदा अपेक्षा अनुसार कमाइ नभएको रिक्सा मजदुर हरिराम यादवले बताए ।

यसअघि दैनिक करीब दुई हजार सम्म हुने गरेपनि अहिले पाँच सय सम्म कमाउन मुस्किल भएको उनको गुनासो छ । यो चिसोमा काम गर्न सक्ने अवस्था पनि नरहेको अर्का ज्यालदरी मजदुर कृष्ण महराको भनाइ छ ।

हरेक जाडोयाममा रौतहट सहित तराई मधेश क्षेत्रमा निकै दिनसम्म पनि शितलहर चलेर घाम नदेखिने हुँदा चिसोको कहर हुने गरेको छ । यो चिसोमा शितलहरका कारण मानिस संगै पशु चौपाय र कृषि बालीमा पनि असर गरेको छ । चिसोका कारण सबभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ ।

चिसोबाट बच्नका लागि तातो झोलिलो खाने र न्यानोयुक्त कपडा लगाउन तथा अत्यावश्यक काम बाहेक बाहिरफेर हिँडडुल नगर्न आम सर्वसाधारणलाई स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।बाक्लो हुस्सु तथा शितलहरका कारण मधेशका जिल्लाका हवाई उडान प्रभावित भएको छ । सिमरा बिमानस्थलका अनुसार शनिबार दिउँसो १ बजेदेखि मात्र हवाई उडान भएको हो । चिसोका कारण अस्पतालहरुमा बिरामीको चाप देखिन्छ ।

यो समाचारमा

रौतहटकाठमाडौँमधेश प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...