विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

Author

सजिलो पत्रिका

२०८२ पुस ०५, शनिबार १५:३३

24
Share
Featured
  • नेकपा सहसंयोजक माधव कुमार नेपालले विगतका कमजोरी सच्याउँदै इमान्दारिताका साथ देश रूपान्तरण र सन्तुलित विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
  • उनले जिम्मेवारी नबोक्ने, जनतासँग नजाने र पदका लागि मात्रै राजनीति गर्ने प्रवृत्तिलाई पार्टीले स्वीकार नगर्ने स्पष्ट पारे।
  • जेन–जी पुस्ताले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागप्रति पार्टी प्रतिबद्ध रहेको र जनताले बहुमत दिए त्यसलाई व्यवहारमा उतार्ने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्ने बताए ।

उनले भने, ‘हामी सबै क्षेत्रमा ध्यान पु¥याएर देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउन चहान्छौ । यीनै विचार र मान्यताका साथ हामी तपाईहरुको माझमा आएका पनि छौ । तपाईहरुले हामीलाई विश्वास पनि गर्नु भएको छ । हामीलाई हौसला दिनु भएको छ । त्यो हौसलाले नयाँ पुस्तालाई आकर्षण पनि गरिरहेको छ । धेरै पार्टीका मानिस पनि पार्टी त्याग गरेर हाम्रो पार्टीमा आउनु भएको छ । हामीले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्न चाहि रहेका छौ । त्यसकारण हामी इमान्दारिताका साथ देश रुपान्तरण गर्न चहान्छौ ।’

यस्तै, उनले नेता बन्ने तर जनता समक्ष नजाने, जिम्मेवारी पूरा नगर्ने दुख कष्ट नब्यहोर्ने कुरा मात्रै ठूलो ठूलो गर्ने खालका प्रवृत्तिलाई पार्टीले छुट नदिने पनि बताए ।

उनले भने, ‘नेता बन्ने तर जनता समक्ष नजाने पद ओगट्ने जिम्मेवारी पूरा नगर्ने दुख कष्ट नब्यहोर्ने कुरा मात्रै ठूलो ठूलो गर्ने त्यस्ता खालका प्रवृत्तिलाई हामीले छुट दिन सक्दैनौ । नेताको वरिपरि पूजा गरेर बस्ने, नेताको प्रशंसा गरि बस्ने तर जिम्मेवारी पूरा नगर्ने यस्ता प्रवृत्तिलाई पनि छुट दिन सक्दैनौ । हामी कार्यकर्ता, नेता र देश पनि राम्रो बनाउन चहान्छौ ।’

जेनजी पुस्ताले अगाडि सारेका सुशासन र भ्रष्टाचार अन्त्यको मागलाई सम्बोधन गर्न पार्टी जुध्दै आईरहेका पनि उनको भनाई छ ।

उनले भने, ‘जेनजी पुस्ताले जुन अगाडि सारेका छन् चाहे त्यो सुशासनको नाराको कुरा होस, चाहे भ्रष्टाचारको अन्त्यको कुरा होस यस्तो कुराको लागि हामी जुध्दै आईरहेका छौ । जुध्ने क्रममा नै मागहरु पनि अगाडि सारेका छौ । तत्कालिन सरकारका प्रमुखहरुलाई माग पत्र बुझाएका पनि छौ । जनताको माझमा गएका पनि छौ ।’

जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढ्ने पनि उनको भनाई छ ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीकाठमाडौँमाधवकुमार नेपाल

ट्यागहरू

#भ्रष्टाचार#एकता सभा#जेनजी पुस्ताहरुको माग#कार्यभार#भ्रष्टाचारमुक्त शासन#जेनजी पुस्ता#नेपाली कम्युनिष्ट पार्टी#माधव कुमार नेपाल#सहसंयोजक#भ्रष्टाचार विरुद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    भर्खरै

    News Image

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    News Image

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    News Image

    पार्टीमा रूपान्तरण आवश्यक छ, राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन्छु : ज्ञानेन्द्र शाही

    News Image

    मिडिया हाउसहरूमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाप्रति रास्वपाको आपत्ति, छानबिन र कारबाहीको माग

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू