घर घरमा गएर बिरामी जाँच्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका स्वास्थ्यकर्मी

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

16
Share
Featured
  • रामेछाप आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले घरदैलो स्वास्थ्य शिविर अभियान सुरु गरी घर घरमा बिरामीको सामान्य स्वास्थ्य जाँच गर्दै उपचारका लागि चिकित्सालयमा बोलाउने व्यवस्था गरेको छ।
  • स्वास्थ्यकर्मीहरूले प्रेसर, सुगर र अन्य रोगको जाँच गरी आवश्यक भए उपचारका लागि चिकित्सालयमा पठाउने गरेका छन्, जसले बिरामीलाई समयमा नै उपचार प्राप्त गराउँछ।
  • चिकित्सालयले निःशुल्क चेकअप, औषधि वितरण, फिजियोथेरापी, अकुपञ्चर, ल्याब, पञ्चकर्म लगायतका सेवा प्रदान गर्दै बिरामीको चाप बढ्दै गएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले घर घरमा गएर बिरामी जाँच गर्न सुरु गरेको छ ।

चिकित्सालयले साप्ताहिक रूपमा घरदैलो स्वास्थ्य शिविर अभियान सुरु गरेको छ । सो अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरू घर घरमा गएर बिरामीको सामान्य स्वास्थ्य जाँच गरी उपचार गर्नुपर्ने बिरामीलाई चिकित्सालयमा बोलाउन लागेका छन् ।

यसरी घरदैलोमा गएर स्वास्थ्य जाँच गर्दा चिकित्सालयले दिने सेवाको बारेमा नागरिकको जानकारी पनि पाउने र रोग लागेका बिरामीहरूले समयमा नै उपचार पाउने भएकाले यो अभियान सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए । कार्यालयमा बसेर बिरामी कुरिरहनु भन्दा घरमा नै गएर सेवा दिँदा रोगीको पहिचान भई सममा नै रोग निदानमा सहज हुने उनको भनाइ छ ।

चिकित्सालयले घर घरमा पठाएका स्वास्थ्यकर्मी प्रेसर तथा सुगरका साथै अन्य रोगको जाँच गरी थप उपचार गर्नुपर्ने भएमा चिकित्सालयमा बोलाउने गरेका छन् । यसरी घर घरमा आएर जाँच गर्दा निक्कै राम्रो भएको मन्थली–८ की वृद्धा मिस्री श्रेष्ठ बनाउँछिन् ।

कतिपय स्थानीयले आफूले एक पटक पनि प्रेस, सुगर लगायतका सामान्य जाँच समेत नगरेको बताए । जाँच गरिएका मध्ये धेरैमा सुगरको समस्या देखिएको घरदैलोमा जाँचको लागि गएका स्वास्थ्यकर्मीहरुले जानकारी दिए ।

चिकित्सालयले दिने सेवा बढेसँगै पछिल्लो समय बिरामीहरूको चाप बढ्न लागेको छ । सो चिकित्सालयले हरेक हप्ताको सोमबार बिहान निःशुल्क होलबडि चेक अप गर्ने गरेको छ । त्यस्तै बिरामी जाँच, निःशुल्क औषधि वितरण, निःशुल्क फिजियो थेरापी, अकुपञ्चर, ल्याब, पञ्चकर्म, पूर्वकर्म लगायतका सेवा चिकित्सालयले दिइरहेको छ ।

यो समाचारमा

रामेछापकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...