भेप तान्नुहुन्छ ? यस्तो छ यसको खतरनाक स्वास्थ्य असर

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

20
Share
Featured
  • नेपालमा युवाहरूले भेपलाई फेसन र चुरोटको विकल्पका रूपमा प्रयोग गरिरहेका छन्, तर यसका स्वास्थ्य जोखिमबारे धेरै अनविज्ञ छन्।
  • क्यान्सर विशेषज्ञका अनुसार भेप पनि चुरोटजत्तिकै हानिकारक छ र यसले फोक्सो, स्वासनली, मुखको क्यान्सर तथा डीएनए क्षति गराउन सक्छ।
  • भेपमा प्रयोग हुने केमिकल र हेभी मेटल्सले श्वासनलीदेखि फोक्सोसम्म गम्भीर क्षति पुर्‍याउने जोखिम उच्च हुन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्लो समय नेपालमा अधिकांश युवा पुस्ताले भेप अर्थात ई–सिगरेट अत्यधिक रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । भेपलाई चुरोटको विकल्पका रूपमा लिनका साथै सोख र फेसनका रूपमा पनि पिउँने गरेका छन् । तर धेरैजसो भेप पनि चुरोटजत्तिकै हानिकारक हुन्छ भन्ने विषयमा अनविज्ञ रहेको पाइएको छ ।

क्यान्सर विशेषज्ञ समीम अख्तरका अुनसार भेपले पनि हाम्रो स्वास्थ्यलाई चुरोटले जति नै असर गर्ने गर्दछ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भेपले फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल रहेको बताए ।

उनले भने, ‘हामीले जुन हिसाबले भनिरहेका छौँ, यसले हानी गर्दैन अथवा चुरोटभन्दा कम हानी गर्छ । यो सब गलत चिज हो । भेपले तपाईको फोक्सो, स्वासनली र मुखको पनि क्यान्सर गराउने सम्भावना प्रबल हुन्छ ।’

उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’

त्यस्तै उनले भेपको धुँवा लिदा श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सो भित्रसम्मको मांसपेशीलाई बिगार्ने जोखिम रहेको पनि जानकारी दिए । त्यति मात्र होइन, भेपले डीएनए इकाईमा परिवर्तनसम्म ल्याउने उनको भनाई छ ।

उनले भने,‘भेपको धुँवा लिंदा तपाईंको श्वासनली, मुख, गिजा, जिब्रो, फोक्सो र फोक्सोभित्रसम्मको मांसपेशीलाई ड्यामेज गर्छ । डीएनए भन्ने जुन सानो इकाई हुन्छ, त्यसमा पनि परिवर्तनहरु ल्याइदिन्छ । त्यसैले भेप लिने मान्छेहरुको फोक्सोमा पपकर्न लिसन देखा पर्न सक्छ । जस्तो छातीको एक्सरे लियो भने त्यसमा सेतो सेतो दागहरु दुईटै फोक्सोमा देखापर्न सक्छ ।’

के हो भेप ?

भेप धूमपानको तलतल मेट्ने विद्युतीय उपकरण हो । विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर–निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

भेप एक विद्युतीय चुरोट भएकाले यो ब्याट्रीबाट चल्छ । मानिसहरूले यसमा तरल पदार्थलाई सास फेर्न सकिने वाष्पमा तताउन प्रयोग गर्छन् ।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...