केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

18
Share
Featured
  • केकी अधिकारीले ‘झिंगेदाउ २’को छायांकन सेटमै जन्मदिन मनाइन्, टिमले सप्राइज दिएको।
  • ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको छायांकन काभ्रेको पनौतीमा जारी, केकी शीर्ष भूमिकामा।
  • ‘बोक्सीको घर’ सुपरहिटपछि केकीका फिल्म ‘परान’ सफल, ‘काजी’ तयारीमा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अभिनेत्री केकी अधिकारीले बिहीबार ‘झिंगेदाउ २’को छायांकन सेटमै आफ्नो जन्मदिन मनाएकी छन्। यस वर्षको जन्मदिन ‘झिंगेदाउ २’को टिमले छायांकन सेटमै सप्राइजको रूपमा मनाएको हो।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ २’को छायांकन हाल काभ्रेको पनौती क्षेत्रमा भइरहेको छ, जसमा केकी शीर्ष भूमिकामा छिन्।

सेटमा कलाकार महेश त्रिपाठीआँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो।

केकीले आफ्नै होमप्रोडक्सनमा निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ सुपरहिट भएपछि सन् २०२६ भित्रै अर्को चलचित्रको तयारी गरिरहेकी छिन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको चलचित्र ‘परान’ सफल भएको छ भने अर्को फिल्म ‘काजी’ प्रदर्शनको तयारीमा छ।

केकी अधिकारीले सन् २०११ मा चलचित्र ‘स्वर’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्।

यो समाचारमा

काठमाडौँपनौतीकेकी अधिकारीआँचल शर्मा
महेश त्रिपाठी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...