धरानमा २२ वर्षीय युवक रेस्टुरेन्टको कोठामा झुण्डिएको अवस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

14
Share
Featured
  • सुनसरीको धरान–८ स्थित रेस्टुरेन्टमा काम गर्ने २२ वर्षीय सुगम राई कोठाभित्र मृत अवस्थामा फेला परेका छन्।
  • रेस्टुरेन्ट सञ्चालकको जानकारीपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेको छ।
  • शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ र घटनाबारे थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

सुनसरीको धरान उपमहानगरपालिका-८, लाङ्घाली चोकस्थित एक रेस्टुरेन्टमा काम गर्ने युवक मृत अवस्थामा फेला परेका छन् । बराहक्षेत्र नगरपालिका-७ का २२ वर्षीय सुगम राई आफू कार्यरत 'तरेचा किचन' को कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार, राति करिब १:४५ बजे रेस्टुरेन्ट सञ्चालकले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । राईले कोठाको सिलिङ फ्यानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

इलाका प्रहरी कार्यालय, धरानबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी कानुनी प्रक्रिया पूरा गरेको छ । शवलाई पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

धरान उपमहानगरपालिकाकाठमाडौँबराहक्षेत्र नगरपालिकासुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...