बाजुराको अनाई खोलामा निर्माणाधीन पक्की पुलको ९० प्रतिशत भौतिक प्रगति

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार १४:०६

32
Share
Featured
  • बाजुराको मार्तडी–कोल्टी सडकखण्डको अनाई खोलामा निर्माणाधीन पक्की पुल ९०% पूरा, अब ३ महिनामा सम्पन्न गर्ने लक्ष्य।
  • ५.३४ करोड लागतको पुल आईएस पावर जेभीले निर्माण गर्दैछ, वर्षातका कारण ढुवानी समस्या हुँदा ढिलाइ।
  • तर बाउली खोलाको पुल ५ वर्षदेखि अलपत्र, पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नभएको।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडिमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा सामान ढुवानीमा समस्या हुँदा काममा ढिलासुस्ती भएको हो।

२०८० मंसिर २९ गते ठेक्का सम्झौता भएको उक्त पुलको निमार्ण कार्य अहिले करिब ९० प्रतिशत पूरा भएको छ । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैँया लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले २०८० मंसिर २९ गते पुल निमार्णको ठेक्का सम्झौता गरेको थियो ।

भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत पुलको निर्माण कार्य भईरहेको छ । अबको तीन महिनामै सम्पूर्ण निमार्ण कार्य सक्ने लक्ष्य राखिएको निर्माण व्यवसायी तारादत्त जोशीले बताए । सामान ढुवानीमा समस्या हुँदा निर्माण कार्यमा केही ढिलाई भएको जोशिको भनाई छ ।

अनाई खोलामा निमार्णाधिन पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको भौतिक पुर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताए । निमार्ण कम्पनीले ठेक्का सम्झौता गरे लगत्तै निमार्ण कार्य सुरु गरेको र अहिले निमार्ण कार्य करिब अन्तिम चरणमा पुर्याएको थापाको भनाई छ ।
पुलको निमार्ण कार्य सम्पन्न भए पश्चातपश्चात सवारीसाधन र यहाँका स्थानीयलाई ठुलो सहजता मिल्ने अपेक्षा लगिएको छ । बर्षातको समयमा सास्ती खेप्दै आएका सवारीसाधन र स्थानीयलाई पुल निर्माणले ठुलो सहजता मिल्ने बडीमालिका ७ का स्थानीय गणेश राज तिमिल्सेनाले बताए ।

अनाई खोलामा निमार्णाधिन पुलले गति लिए पनि यता बाउली खोलामा निमार्णाधिन पुल भने करिब पाँच बर्ष देखि कछुवा तालमा रहेको छ । टिडि आर जुगल कौसिक जेभिले पुल निमार्णको जिम्मा लिएको थियो । पटकपटक म्याद थप्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन्।

२०७९ फागुन १५ भित्र मोटरेबल पक्की पुल निर्माण सक्नेगरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले पाँच करोड ५८ लाख ८८ हजार रुपैंयामा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो।पुल निर्माण हुन नसकेर अहिले अस्तव्यस्त अवस्थामा छ। पुल निर्माण कम्पनीलाई सडक डिभिजन अछामले स्पष्टिकरण समेत माग गरेको थियो ।

यो समाचारमा

बडिमालिका नगरपालिकाबाजुराकाठमाडौँ

ट्यागहरू

#पुल#बाजुरा जिल्ला#बजेट#बाजुरा#कम्पनी#बडीमालिका नगरपालिका#मन्त्रालय#निर्माण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू