एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

Author

सजिलो पत्रिका

२०८२ पुस ०४, शुक्रबार

7
Share
Featured
  • नेकपा (एमाले) को नवनिर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्दैछ।
  • ११औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको प्यानलले अधिकांश पदमा विजय हासिल गरेको छ।
  • पदाधिकारी र केन्द्रीय कमिटीमा ओली पक्षको बहुमत रहेकाले बैठकमा आगामी कार्यदिशा र जिम्मेवारी बाँडफाँटबारे छलफल हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्न लागेको हो ।

महाधिवेशनमा अध्यक्ष केखड्गप्रसाद शर्मा ओलीईश्वर पोखरेल प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये अध्यक्ष ओलीसहित उनको प्यानलले अधिकांश पदमा जित हासिल गरेको छ ।

१९ सदस्यीय पदाधिकारीमा ओली पक्षका १७ जना र पोखरेल पक्षका दुई जना (उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई) विजयी भएका छन् । केन्द्रीय कमिटीमा पनि ओली पक्षकै बहुमत रहेको छ । आजको बैठकले पार्टीका आगामी कार्यदिशा र जिम्मेवारी बाँडफाँटबारे छलफल गर्ने अनुमान गरिएको छ ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीईश्वर पोखरेलकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...