जेनजी आन्दोलनमा संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भयो : महासचिव पोखरेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

17
Share
Featured
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक निर्वाचित भएपछि पद तथा गोपनीयताको सपथ लिएका छन्।
  • सपथ समारोहमा उनले एमालेको ११औँ महाधिवेशन लाखौँ जनताको सहभागितासहित भव्य, उत्साहपूर्ण र ऐतिहासिक रूपमा सम्पन्न भएको बताए।
  • पार्टीको परम्पराअनुसार दशौँ महाधिवेशनदेखि नीति निर्माणका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन गर्ने अभ्यास सुरु गरिएको उनले स्मरण गराए।
  • पछिल्लो समय देशमा भएका घटनाप्रति ध्यानाकर्षण गराउँदै संविधान, लोकतन्त्र र गणतन्त्रविरोधी तत्वहरूले युवाको भावना दुरुपयोग गरी मुलुकलाई हिंसात्मक बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो पटक महासचिवमा निर्वाचित भएपछि उनले सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा बोल्दै महासचिव पोखरेलले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको बताए । लाखौँ जनताको सहभागितासहित अत्यन्त उत्साहपूर्ण वातावरणमा महाधिवेशन सम्पन्न गर्न सफल भएको उनको भनाइ थियो । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्र आज विधिवत् रूपमा समापन गरिएको उनले जानकारी दिए ।

महासचिव पोखरेलले पार्टीको संगठनात्मक परम्पराबारे उल्लेख गर्दै दशौँ राष्ट्रिय महाधिवेशनदेखि नीति र विधि निर्माणका लागि विधान महाधिवेशन र नेतृत्व चयनका लागि राष्ट्रिय महाधिवेशन गर्ने अभ्यास सुरु गरिएको स्मरण गराए ।

उनले भने, ‘एमालेको ११ औँ महाधिवेशन हामीले भव्यताका साथ सम्पन्न गरेका छौं । लाखौं लाख जनताको सहभागितामा अत्यन्त उत्साहपूर्ण वातावरणमा ऐतिहासिक रुपमा सम्पन्न गर्न सफल भयौं । ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हामीले काठमाडौंको यही भृकृटिमण्डपमा आरम्भ गरेर आज विधिवत रुपमा समापन गरेका छौं । हामीले हाम्रो पार्टीको परम्परामा दशौं राष्ट्रिय महाधिवेशनको समयदेखि नीति र विधि निर्माण गर्नका लागि विधान महाधिवेशन नेतृत्व निर्वाचित गर्नका लागि राष्ट्रिय महाधिवेशनको परम्परा आरम्भ गरेका थियौं।’

उनले पछिल्लो समय देशमा देखिएका घटनाप्रति पनि ध्यानाकर्षण गराए । गत भदौ २३ र २४ गते संविधान, लोकतन्त्र र राष्ट्रिय अस्मितामाथि नकारात्मक प्रभाव पार्ने खालका घटनाहरू भएको उल्लेख गर्दै उनले केही भ्रष्टाचारविरोधी, लोकतन्त्रविरोधी र गणतन्त्रविरोधी तत्वहरूले युवाहरूको भावना दुरुपयोग गरी मुलुकलाई हिंसात्मक बाटोतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाए ।

उनले भने, ‘गत भदौ २३ र २४ गते नेपालमा नेपालको संविधान, लोकतन्त्र राष्ट्रको अस्मिता माथि नै नकारात्मक प्रभाव पार्ने घटनाहरु घट्न पुगे । हाम्रा नवयुवाहरुको भावनामा खेलेर भ्रष्टविरोधी तत्वहरु, लोकतन्त्र विरोधी तत्वहरु, गणतन्त्र विरोधी तत्वहरुले मुलुकलाई हिंसात्मक बाटोतर्फ अग्रसर बनाउने काम गरे ।’

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)शंकर पोखरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...