वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

17
Share
Featured
  • वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा सिंहदरबारमा सार्वजनिक गरिएको छ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको आयोजनामा नीति पत्रका रूपमा प्रतिवेदन सार्वजनिक गरिएको हो।
  • एम्स्टर्डम विश्वविद्यालय, सेस्लम र शोसल साइन्स बहाःको सहकार्यमा तयार प्रतिवेदन डा. जीवन बानियाँ र रोजिका महर्जनले प्रस्तुत गरेका थिए।
  • अध्ययनले नेपालमा रहेका तीन प्रमुख पुनः एकीकरण नीतिको विश्लेषण गर्दै सरकारी मान्यता र आधिकारिक पहिचानले फर्किएका श्रमिकमा महत्वपूर्ण मनोवैज्ञानिक प्रभाव पार्ने निष्कर्ष निकालेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । विहीबार सिंहदरवारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन दिबस २०२५ को अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार बोर्डको आयोजनामा गरिएको कार्यक्रममा नीति पत्रका रुपमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।

रीइन्टीग्रेट परियोजनाको एम्स्टर्डम विश्वविद्यालय र सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम), शोसल साइन्स बहाःको सहकार्यमा तयार प्रतिवेदन रीइन्टीग्रेट परियोजनाको तर्फबाट डा.जीवन बानियाँ र रोजिका महर्जनले प्रश्तुत गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करको अध्यक्षता र श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री राजेन्द्रसिह भन्डारीको प्रमुख आथित्यतामा प्रश्तुत प्रतिवेदनमा अध्ययनको तथ्याङ्क सङ्कलन पाँच अध्ययन क्षेत्रहरूमा गरिएको जानकारी दिइयो ।

अध्ययनले नेपालमा रहेका तीन प्रमुख प्रकारका पुनः एकीकरण नीतिहरूको विश्लेषण गरेको छ। अध्ययनले फर्किएका श्रमिकलाई सरकारी मान्यता र आधिकारिक पहिचानले उनीहरूमा मनोवैज्ञानिक रूपमा ठूलो प्रभाव पार्ने जनाएको छ ।

यो समाचारमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...