अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

14
Share
Featured
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय र संस्थालाई आवेदन दिन आग्रह गरेको छ।
  • अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ अनुसार आ.व. २०८२/८३ का लागि सूचीकरण प्रक्रिया सुरु गरिएको हो।
  • तोकिएको ढाँचामा आवेदन फारम भरी २०८२ चैत १५ गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ, फारम मन्त्रालयको वेबसाइट वा संस्कृति महाशाखाबाट प्राप्त गर्न सकिनेछ।
  • सूचीकरण प्रक्रिया हरेक वर्ष नियमित रूपमा चैत १५ गतेभित्र गर्न सकिने व्यवस्था गरिएको छ, जसले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउने विश्वास मन्त्रालयले लिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय तथा संस्थालाई आवेदन दिन आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार सावर्जनिक सूचना जारी गर्दै अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ अनुसार यस आ.व. २०८२ - ८३ का लागि सूचीकरण प्रक्रिया अघि बढाएको जनाएको हो ।

सूचना अनुसार अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले तोकिएको ढाँचामा आवेदन फारम भरी २०८२ चैत १५ गतेभित्र मन्त्रालयमा पेश गर्नुपर्नेछ । आवेदन फारम तथा अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मन्त्रालयको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

साथै मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गत अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण सचिवालयमा सम्पर्क गरी पनि आवश्यक कागजात प्राप्त गर्न सकिने जनाइएको छ ।

मन्त्रालयका अनुसार सम्पदा सूचीकरण गर्ने विधि, प्रक्रिया तथा सूचीकरणसँग सम्बन्धित अन्य आवश्यक कार्यहरू कार्यविधिमा तोकिएबमोजिम हुनेछ । अभौतिक सांस्कृतिक सम्पदा सूचीकरणका लागि आवेदन प्रत्येक वर्ष नियमित रूपमा चैत १५ गतेभित्र दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

सूचीकरणसम्बन्धी आवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखामा बुझाउनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनलाई प्रभावकारी बनाउन यो प्रक्रिया महत्वपूर्ण हुने मन्त्रालयको विश्वास छ ।

यो समाचारमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...