मुलुक अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्छ : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ पुस ०३, बिहिबार

10
Share
Featured
  • सञ्चारमन्त्री जगदीश खरेलले जेन–जी जनआन्दोलनपछि भएको ठूलो क्षतिको सन्दर्भमा मुलुकलाई आर्थिक निर्माण र पुनर्निर्माणतर्फ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
  • उनले ७६ जनाको मृत्यु, २५ सयभन्दा बढी घाइते र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको उल्लेख गरे।
  • आगामी निर्वाचन सफल बनाउन सरकार सक्रिय रहेको र भ्रष्टाचार नियन्त्रणमा स्वतन्त्र निकायलाई सहयोग गरिरहेको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए ।

उनले जेनजी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै करिब ७६ जनाले ज्यान गुमाएको, २५ सयभन्दा बढी व्यक्ति घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । यस्तो अवस्थामा व्यापक पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भने, ‘अब मुलुकलाई आर्थिक निर्माणको हिसावले अगाडि बढाउनुपर्छ । मुलुकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा यस्ता डिस्कोर्स गर्दा उपयोगी हुन्छ भन्ने ठान्दछु । जेनजी जनआन्दोलनपछि करिब ७६ जनाले जीवन गुमाउनुपर्यो । करिब २५ सय मानिसहरु घाइते हुनुपर्यो । ८४ अर्ब भन्दा बढीको क्षति भएको अवस्था छ । त्यसैले हामी पुनःनिर्माणमा जुट्नुपर्ने छ ।’

यसैगरी मन्त्री खरेलले आगामी निर्वाचनलाई सफल बनाउन सरकार निरन्तर रूपमा क्रियाशील रहेको पनि बताए । उनले मुलुक निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै निर्वाचन अब उत्सवको मात्र नभई महोत्सवकै रूपमा अगाडि बढिरहेको बताए । उनले भने, ‘चुनावलाई सफल बनाउने वातावरणका लागि सरकार काम गरिरहेको छ । मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ । निर्वाचनउत्साव होइन, अब महोत्सव बन्दैछ । हामीले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रुपमा अगाडि बढ्न सहयोग गरेका छौँ ।’

त्यसैगरी, उनले भ्रष्टाचार नियन्त्रणका निकायलाई स्वतन्त्र रूपमा काम गर्न सरकारले सहयोग गरिरहेको स्पष्ट पारे । सरकार सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...