चितुवाको आक्रमणबाट एक जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

13
Share
Featured

काठमाडौँ

बर्दियाको बारबर्दिया नगरपालिका वडा न. १० मा चितुवाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारबर्दिया नगरपालिका वडा न. १० सेम्रवा बस्ने ३२ वर्षिय दिनेश चौधरी रहेका छन् ।

बारबर्दिया नगरपालिका वडा नं १० पेरहवा चटिया सामुदायिक वनमा शौच गर्न जाँदा चितुवाले आक्रमण गरेपछि युवाको मृत्यु भएको डिभजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले बताए ।

श्रमदान गर्ने क्रममा शौच लागेपछि दिउँसो करिब एक बजे सामुदायिक वन तर्फ गएका चौधरी नफर्केपछि खोजविन सुरु भएको थियो । चितुवाले आक्रमण गरेको आशंकामा स्थानीय र प्रहरीको टोलीले खोजविन गर्दा सामुदायिक वन भित्र उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर मल्लले बताए । उनले शव क्षतविक्षत अवस्थामा फेला परेको बताए हाल शव घटनास्थल मै रहेको उनको भनाई छ ।

यो समाचारमा

बर्दियाकाठमाडौँबारबर्दिया नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...