एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

Author

सजिलो पत्रिका

२०८२ पुस ०२, बुधबार

13
Share
Featured
  • समान सहभागिता: नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूले एउटै लाइनमा उभिएर मतदान गर्दै समान र समावेशी सहभागिता जनाएका छन्।
  • सजिलो मतदान प्रक्रिया: मतदान मेसिन प्रयोगमा पहिलेदेखि अभ्यास गराइएको र आवश्यक सहयोग उपलब्ध भएकाले मतदानमा कुनै समस्या नरहेको प्रतिनिधिहरूले बताएका छन्।
  • समता र सहकार्यको सन्देश: महिला–पुरुष एउटै रथका दुई पाङ्ग्रा जस्तै भएको उल्लेख गर्दै आपसी सम्मान र सहकार्यबाट मात्रै समृद्ध र समावेशी भविष्य सम्भव हुने सन्देश महाधिवेशनले दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् ।

काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् । उनले भोटिङ प्रणालीबारे जानकारी दिँदै, मतदान मेसिन पहिले पनि प्रयोग हुँदै आएको र भोट हाल्न कुनै समस्या नहुने स्पष्ट पारिन् ।

प्रतिनिधिहरूलाई मतदानको अभ्यास तीन दिन अगाडिनै गराइसकिएको भन्दै, कसैलाई कठिनाइ परे आवश्यक सहयोग गर्न सकिने उनको भनाइ छ । महाधिवेशनमा महिलाको उल्लेखनीय सहभागिता रहेको उल्लेख गर्दै उनले महिला–पुरुष छुट्टाछुट्टै होइन, एउटै ठाउँमा उभिएर सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

‘महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा जस्तै हुन्, मिलेर अघि बढ्नुपर्छ,’ भन्दै उनले समावेशी र समानताको सन्देश दिइन् ।

त्यसैगरी, सुनसरीकी एमाले प्रतिनिधि विष्णु शर्माले पनि महिला–पुरुष एउटै लाइनमा बसेर मतदान प्रक्रियामा सहभागी भइरहेको बताइन् । उनले राजनीति गर्ने महिला–पुरुषले यस्ता सामान्य विषयलाई सहज रूपमा लिनुपर्ने उल्लेख गर्दै, हिजो हुने भनिएको मतदान आज हुँदा पनि दुःख मान्नुपर्ने कुरा नभएको बताइन् ।

महिला र पुरुषबीच सम्मान र सहकार्य आवश्यक रहेको धारणा राख्दै उनले सोचमा परिवर्तन आवश्यक रहेको बताइन् । ‘सबै ठाउँमा महिला र पुरुष छुट्टै बस्नुपर्छ भन्ने छैन, आपसी सम्मानका साथ अघि बढे समस्या हुँदैन,’ उनले भनिन् ।

महाधिवेशनको यो दृश्यले महिला पुरुष समानता व्यवहारमै सम्भव छ भन्ने सन्देश दिएको छ । राजनीति मात्र होइन, समाजका सबै क्षेत्रमा महिला र पुरुष मिलेर अघि बढ्दा नै समृद्ध र समावेशी भविष्य निर्माण हुने सशक्त उदाहरणका रूपमा एमाले महाधिवेशन प्रस्तुत भएको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुनसरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य

    Data is loading...

    Loading brands...

    Loading footer...