आईटी र स्टार्टअपमा भारत र नेपालले एक आपससंग समन्वय गरेर अगाडी बढ्नुपर्छ : महावाणिज्यदूत देवी सहाय मीना

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

14
Share
Featured
  • भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले आईटी र स्टार्टअप क्षेत्रमा नेपाल–भारत सहकार्य आवश्यक रहेको र संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
  • ‘नेबर फस्ट’ नीतिअन्तर्गत भारतले नेपालमा प्रविधि विकास, स्टार्टअप लगानी र रोजगारी सृजनामा सहयोग गर्ने र भारत विश्वमा स्टार्टअपको तेस्रो स्थानमा रहेको जानकारी दिए।
  • दुबै देशको सहकार्यले नेपालमा ठूलो आर्थिक परिवर्तन र लाखौं रोजगारी सिर्जना हुन सक्ने सम्भावना रहेको उनले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले आईटी र स्र्टाटअपको क्षेत्रमा नेपालभारतले एक अर्कासंग समन्वय गरेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।

भारत र नेपालका लागि संयुक्त रुपमा काम गर्दै आएका विभिन्न संस्थाहरुको संयुक्त आयोजनामा जनकपुरधाममा मंगलबार भएको प्रविधि र स्टार्टअपमा नेपाल भारतबीच साझेदारी सम्बन्धी राउण्ड टेबुल छलफल कार्यक्रममा महावाणिज्यदूत मीनाले नेपाल र भारतबीच प्रविधि र रोजगारका अवसरहरुका बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् ।

नेबर फस्ट निति अन्तर्गत भारतले नेपालसंग प्रविधिको विकास र नयाँ रोजगार सृजनाका लागि स्टार्टअपहरुमा लगानी गर्न सहयोग गर्ने जानकारी दिए । उनले भारत विश्वमै स्टार्टअपका लागि तेस्रो नम्बरमा रहेको जानकारी दिए । उनले नयाँ कम्पनिको सुरुवात मात्र नभएर दुबै देशको साझेदारीले लाखौं मानिसले रोजगारी पाउने बताए ।

दुवै देशले सहकार्य गर्न सके नेपालमा आर्थिक क्रान्ति नै आउन सक्ने धारणा राखे । छलफलमा विभिन्न बैंक तथा वित्तिय संस्थाका पदाधिारी एवम उद्योग र व्यापारसंग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

यो समाचारमा

भारतनेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

    Data is loading...

    Loading brands...

    Loading footer...