‘निर्वाचनको वातावरण बनिसकेको छ, अब उल्लासमय बनाउन बाँकी छ’

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

13
Share
Featured
  • प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण बनिसकेको र करिब ७० प्रतिशत तयारी पूरा भइसकेको दाबी गरे।
  • आयोग र सरकार निर्वाचन समयमै सम्पन्न गर्ने अठोटका साथ जुटेको बताउँदै अब बाँकी काम वातावरणलाई अझ उल्लासमय बनाउने मात्र भएको उल्लेख गरे।
  • निर्वाचन आयुक्त सगुन शमशेर जबराले यसपटक निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने तयारी भइरहेको जानकारी दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक वातावरण बनिसकेको दावी गरेका छन् ।

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै उनले निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर गरिएको बताउँदै बनिसकेको वातावरणलाई उल्लासमय बनाउन मात्र बाँकी रहेको बताए ।

निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने अठोटकासाथ आयोग र सरकार जुटेको बताउँदै उनले निर्वाचन गराएरै छाड्ने दावी गरे ।

उनले भने,‘राष्ट्रपतिज्यूबाट घोषणा भएको जुन निर्वाचन छ, घोषणा भएको दिनदेखि नै आयोग शुन्य अवस्थामा उठेर अहिले झण्डै ७० प्रतिशतको काम सकिसकेको छ । निर्वाचन प्रकृयाको माहोलमा गएको र वातावरण सृष्टि भइसकेको छ । निर्वाचनको वातावरण बनाउनुपर्यो भन्ने शब्दान्तर जुन छ त्यो त बनिसकेको वातावरणलाई उल्लासमय बनाउने मात्र हो । आयोग र सरकार अठोटकासाथ लागि परेको छ । निर्वाचन समयमै सम्पन्न हुन्छ ।’

त्यस्तै निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउनेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

विगतमा गाडी नचाहिने मान्छेहरू ओसारपोसार गर्छन् भनेर सवारी आवागमनमा रोक लगाएको भन्दै यसपाली रोक नलगाउने पक्षमा आयोग पुगेको बताएका हुन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    काठमाडौं । विपद्‌मा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा)सँग समझदारी पत्र (एमओयू)मा हस्ताक्षर गरेको छ।प्राधिकरणमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौताअनुसार वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धार उडान

    Data is loading...

    Loading brands...

    Loading footer...