योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

24
Share
Featured
  • राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
  • शपथ ग्रहण कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत उच्च सरकारी अधिकारीहरू उपस्थित थिए।
  • प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई मुलुकको वर्तमान अवस्था र जेनजी युवाको आकांक्षाअनुसार योजनाहरू तयार पार्न निर्देशन दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा.सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार आयोजित एक कार्यक्रम माझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् ।

त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका छन् ।

कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थ लगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो ।

शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उनले अहिलेको मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकांक्षाबमोजिमका योजनाको तयारी गर्न निर्देशन पनि दिएका छन् ।

‘हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मुलुकको अहिलेको परिस्थितिबारे जानकार नै हुनुहुन्छ। यो परिस्थिति बुझेर हामीले पाइला चाल्नुपर्नेछ । देशका योजना तथा कार्यक्रमहरू पनि परिवर्तनका लागि युवाले गरेको आन्दोलनको भावनाअनुरूप तर्जुमा गर्नुपर्छ। अहिलेको परिस्थितिको राम्रोसँग अध्ययन गरी मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ। मलाई आशा छ, तपाईँहरू यस कार्यमा सफल हुनुहुनेछ ।’

मन्त्रिपरिषद्को सोमबारको बैठकले आयोगका उपाध्यक्ष र सदस्य नियुक्तिसम्बन्धी निर्णय गरेको थियो ।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...