चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

18
Share
Featured
  • पौष ११ देखि १३ गतेसम्म १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ रत्ननगर नगरपालिकाको संरक्षकत्वमा चितवनमा आयोजना हुँदैछ।
  • महोत्सवले पर्यटक आगमनमा २५–३० प्रतिशत वृद्धि गराउने र चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउने योगदान पुर्‍याउँदै आएको छ।
  • यस वर्ष करिब ८० वटा हात्ती विभिन्न गतिविधिमा सहभागी हुनेछन् र बहुल जाति, भाषा तथा कला–संस्कृतिको प्रवर्द्धन पनि महोत्सवको विशेषता हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

यही पुस ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ को आयोजना हुन गइरहेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रत्ननगर नगरपालिकाको संरक्षकत्वमा, क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना, यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड एसोसिएसन नेपालको सह–आयोजनामा पौष ११ देखि १३ गतेसम्म, १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुन गइरहेको जानकारी गराएको हो ।

५० वर्षको इतिहास बोकेको चितवनको पर्यटनलाई स्थापित गर्न ०५५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले पर्यटन विकासमा योगदान दिँदै आएको छ ।

चितवनको सौराहामा दुई दशक अघिदेखि आयोजना हँुदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वद्धि गरेको र चितवनका पर्यटकीय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको छ ।

महोत्सबको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज वन्यजन्तु सरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग प्राप्त भएको छ ।

यहाँका बहुल जाती, बहुभाषा र कला संस्कृतिको प्रबद्र्धन गर्दै भाविष्यको सरक्षण गर्नु पनि महोत्सवको विशेषता हो । महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा करीब ८० वटा हात्ती सहभागी हुनेछन् ।

यो समाचारमा

काठमाडौँचितवनसौराहाचितवन राष्ट्रिय निकुञ्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...