बहुविवाह मुद्दाका पासाङ शेर्पाको एमाले केन्द्रीय सदस्यको उम्मेदवारी खारेज

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

12
Share
Featured
  • नेकपा (एमाले) का केन्द्रीय सदस्य पदका उम्मेदवार पासाङ शेर्पाको उम्मेदवारी पार्टी केन्द्रीय निर्वाचन आयोगले खारेज गरेको छ।
  • बहुविवाह मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरेकाले उनको उम्मेदवारी मापदण्डविपरीत ठहर गरिएको हो।
  • यस विषयमा पार्टीभित्र छलफल भए पनि अन्ततः निर्वाचन आयोगले उम्मेदवारी अवैध ठहर गरेको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाहको मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान गरेकाले उनको उम्मेदवारी मापदण्डविपरीत भएको भन्दै पार्टीको केन्द्रीय निर्वाचन आयोगले खारेज गरेको हो ।

शेर्पालाई अदालतले एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । गत कात्तिक १८ गते पक्राउ परेका उनी कैदबापतको रकम (१ लाख ९ हजार ५ सय रुपैयाँ) बुझाएर छुटेका थिए ।

१०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शेर्पाको यो मुद्दाबारे पार्टी सचिवालय बैठकमा समेत छलफल भएको थियो । सचिव योगेश भट्टराईले उनलाई निलम्बन गर्नुपर्ने माग राखे पनि अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई सामान्य भन्दै निलम्बन नगर्ने अडान लिएका थिए । तर, निर्वाचन आयोगले भने उनको उम्मेदवारीलाई अवैध ठहर गरेको हो ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँयोगेश भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै सम्पत्ति आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश उल्लंघन गरेको उल्लेख गर्दै अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।अधिवक्ता डा. प्रेमराज सिलवालले यही असार २६ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले गरेको आदेशको पूरै प्रतिकूल हुनेगरी सम्पत्ति छानबिन आयोगले यही असार

    Data is loading...

    Loading brands...

    Loading footer...